neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मोहन वैद्य डिस्चार्ज

Oct 24th, 2021

काठमाडौ, कात्र्तिक ७

दमको समस्या बढेर यस थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज हुनुभएको छ । स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उहाँलाई आज(आइतबार) अपरान्ह डिस्चार्ज गरिएको हो ।

दमको समस्या बढेपछि उहाँलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो । सो क्रममा उहाँको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उहाँ अस्पतालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपराष्टपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँड लगायतका नेता तथा उच्च सरकारी अधिकारीले भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

डिस्चार्ज हुँदै गर्दा नेता वैद्यले आफ्नो उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति आभार व्यक्त गर्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi