neapl investment mega bank
  • गृहपृष्ठ
  • कुमारी बैंक र रोडीयो क्याफे एण्ड बारबिच सहकार्य

कुमारी बैंक र रोडीयो क्याफे एण्ड बारबिच सहकार्य

Oct 24th, 2021

काठमाडौ, कात्र्तिक ७

कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बारबिच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो ।

बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचाय र रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुुन । सो सम्झौता बमोजिम कुमारी बैंकका ग्राहकवर्गले खुसिबस्थित रोेडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिसतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न सेवाहरुमा बैंकका डेबिट तथा क्रेडिट कार्ड ग्राहकवर्गलार्ई आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैंकिङ्ग ईकाई तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।