काठमाडौ, कात्र्तिक १
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुुगेकाछन । दमको समस्या बढेर हिजो(आइतबार)देखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुुन ।
उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए । सो क्रममा उनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाछन ।
प्रचण्ड नर्भिक अस्पतालमा करिब २० मिनेट बसेका थिए । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।आइतबार बिहान नर्भिक भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएकाछन ।