neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकले १३ दसमलव पाँच प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले १३ दसमलव पाँच प्रतिशत लाभांश दिने

Oct 11th, 2021

काठमाडौ, असोज २५

ग्लोबल आइएमई बैंकले आर्थिक बर्ष २०७७/०७८ मा आफ्ना शेयरधनीहरुलाई १३ दसमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको आज सोमबार बसेको तीन सय ९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औँ वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.ब.२०७७–०७८ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीहरुलाई दुई अर्र्ब ९२ करोड बराबरको १३ दसमलव पाँच प्रतिशत लाभांश (बोनश शेयर १० प्रतिशत र नगद लाभांश तीन दसमलव ५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैँया रहेकोमा प्रस्तावित १० प्रतिशत वोनस शेयर वितरण पश्चात चुक्ता पुंजी २३ अर्ब ७९ करोड पुग्ने छ । त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुंजीकोष ३६ अर्ब ९२ करोड रहने छ । देशमा संचालित कुनै पनि वाणिज्य बैंकहरु भन्दा यो पुंजीकोष अत्यधिक रहेको छ । बैंकले आ.ब.२०७७–०७८ मा चार अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १० प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोबर गर्दै आएको छ ।

कूल दुई खर्ब ७७ अर्ब निक्षेप तथा दुई खर्ब ६५ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ७६ जिल्लामा फैलिएका दुुई सय ८० वटा शाखाहरु, ४७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, दुई सय ५० वटा एटिएम, तथा दुुई सय ५७ वटा शाखा रहित बैंकिङ्ग सेवातथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।