neapl investment mega bank
  • गृहपृष्ठ
  • कोका–कोलाले फ्रन्टलाइन हिरोजहरुलाई “धन्यवाद”ज्ञापन गर्न अन–ग्राउन एक्टिभेसन

कोका–कोलाले फ्रन्टलाइन हिरोजहरुलाई “धन्यवाद”ज्ञापन गर्न अन–ग्राउन एक्टिभेसन

Oct 10th, 2021

काठमाडौ, असोज २४

सबै भन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदानगर्ने थिमका साथहालै दशैँ अभियानको लन्च गरेको छ । “धन्यवाद” शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो ।

प्रहरी र थुप्रै गैर–सरकारी संस्थाहरुले नेपालमा कोभिड–१९ विरुद्धको लडाईमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेकाछन् । दशैंँ अभियानको एक हिस्साकोरूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन शुरू गरेको छ । यसको मुख्य उद्येश्य भनेको फ्रन्टलाइन नायकहरुलाई उनीहरुले प्रदान गरेको समर्पण र समुदायको लागि दिएको सेवाको लागि कोका–कोलाको तर्फबाट धन्यावाद व्यक्त गर्नु हो । यो कृतज्ञता प्रदान गर्नको लागि कोका–कोलाले अग्रपंक्तिका नायकहरु सँग संलग्न रहेर धन्यवाद उपहार बक्सलाई बढ्दै छ । यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ र साथै कोका–कोलाको कन्टूर ग्लास पनियसमा समावेश रहेको छ ।

पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चार वटा गैर–सरकारी संस्थामा गरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए । आगामी दिनहरुमा कोका–कोलाले देशको अग्रणी नायकहरु प्रतिआभार प्रकट गर्नको लागि अस्पताल र ट्राफिक पुलिस सहित धेरै संगठनहरुको भ्रमण गर्नेछ ।

हामी नेपालका अध्यक्ष सुदन गुरुङले भन्नुभयो , “घर भित्रै सुरक्षित रहेर बसिरहने बेलामा पनि हाम्रो युवाहरुको टीमले साहसी भई स्वयंसेवककोरुपमा अरुलाई सहयोग पुर्याएको छौँ । महामारीको बेलामा, हामीले कोष उठाएका थियाँैं जसको माध्यमबाट हामीले अस्पतालको ओछ्यान, अक्सिजन ट्याङक र कन्सन्ट्रेटर खाँचोमा परेका मानिसहरुलाई प्रदान गर्यौँ ं। कोका–कोला नेपालद्वारा हाम्रो प्रयासलाई स्वीकार गरिएकोमा, म र हामी नेपालको सम्पूर्ण टीम हाम्रो यात्रामाअझ बढि सशक्त र प्रेरित भएको महसुस गर्दछौं ।

अभियानको बारेमा बोल्दै, कोका–कोला नेपालका कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीले भन्नुभयो,“अग्रपंक्तिमा काम गर्र्ने व्यक्तिहरुले महामारीको विगत डेढ बर्षमाहाम्रो समुदायहरुमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरु निडर भई जीवन बचाउन र सामान्य स्थितिलाई कायम राख्न लागि परेकाछन् । हामी उहाँहरुको सराहना गर्दछौं र उनीहरुको निस्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरुको साहसी कार्यहरुको लागि धन्यवाद ज्ञापन गर्दछौँ । हाम्रो यो अन– ग्राउण्ड एक्टिभेसन उनीहरु प्रति कृतज्ञता देखाउन सम्पूर्ण हृदयले समर्पित रहेको छ ।