neapl investment mega bank

एकै दिन १८ अंकले घट्यो नेप्से

Oct 10th, 2021

काठमाडौ, असोज २४

नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से १८ दसमलव ५३ अंकले घटेर २६ सय ६२ दसमलव ५८ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दसमलव ९६ अंकले घटेर चार सय ९९ दसमलव ७८ अंकमा झरेको छ । दुई सय २० वटा कम्पनीहरुको ५४ हजार एक सय २३ पटकको कारोवारामा ७२ लाख ५१ हजार सात सय ४४ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब ४९ करोड ८० लाख ४३ हजार पाँच सय ८१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा फाईनान्स, जीवन बीमा र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ३३ अंकले घटेर १८ सय ७२ दसमलव २० अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ३३ दसमलव पाँच अंकले घटेर २७ सय ६१ दसमलव ९८ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, निर्जिवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने महिला लघुुबित्त बित्तीय संस्था नै परेको छ ।