neapl investment mega bank

साधना लघुवित्तको ९३ औं शाखा काठमाडौमा

Oct 10th, 2021

काठमाडौ, असोज २४

साधना लघुवित्त वित्तीय संस्थालेआफ्नो ९३ औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा यहि शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका हुुन ।

नयाँ शाखा संचालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्ने भएको छ । वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिसत बराबरको बोनस शेयर र कर प्रयोजनको लागि एक दसमलव ३१ प्रतिसत गरी जम्मा २६ दसमलव ३१ प्रतिसत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कात्र्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । राष्ट्रियस्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा संचालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।