neapl investment mega bank

इंग्ल्यान्डको फराकिलो जित

Oct 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २४

फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ ।शनिबार राति भएको खेलमा इंग्ल्यान्डले अन्डोरालाई ५-० गोलले पराजित गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन बेन चिलवेल,बुकायो साका,टेमी अब्राहम,जेम्स वार्ड र ज्याक ग्रीलिसले एक-एक गोल गरे ।

खेलको १७ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटमा बुकायो साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५९ औं मिनेटमा टेमी अब्राहमले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।७९ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

त्यसपछि खेलको ८६ औं मिनेटमा ज्याक ग्रीलिसले गोल गर्दै टोलीलाई ५-० को फराकिलो जित दिलाए ।

जितसँगै इंग्ल्यान्डले सात खेलबाट १९ अंक जोडेको छ र समूह (आई) को शीर्ष स्थानमा छ । पराजित अन्डोराको तीन अंक छ र पाँचौं स्थानमा छ ।