neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डेभी क्लासेनको गोलमा नेदरल्यान्ड्सको जित

डेभी क्लासेनको गोलमा नेदरल्यान्ड्सको जित

Oct 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २३

फिफा विश्वकपको यूरोपियन छनोटमा नेदरल्यान्ड्सले जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १-० गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन डेभी क्लासेनले विजयी गोल गरे ।क्लासेनले खेलको १९ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै नेदरल्यान्ड्सले सात खेलबाट १६ अंक जोडेको छ र समूह (जी) को शीर्ष स्थानमा छ । पराजित लाटभियाको सात खेलबाट ५ अंक छ र समूहको पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi