neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्ट बैंकको ८८ औं शाखा बाराको सिम्रोनगढमा

नेपाल इन्भेष्टमेन्ट बैंकको ८८ औं शाखा बाराको सिम्रोनगढमा

Oct 8th, 2021

काठमाडौ, असोज २२

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८८ औं शाखा बाराको सिम्रौनगढमा खोलेको छ । नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रर्वन्धक सुशील कुमार श्रेष्ठले गरेको बैंकले जानकारी दिएको छ ।

सिम्रौनगढ शाखाले ग्राहकहरुलाई बित्तीय पहुंच पुर््याउने र बित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्ेश्यले स्थानीय मागहरुलाई पुर्णरुपमा पुरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने छ । बैंकले हाल सबै क्षेत्रमा थरी ८७ वटा शाखा एक सय ३० वटा एटिएम काउन्टर, २० वटा एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ दईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८ युरोमनी अवार्डबाट समेत सम्मानित भईसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।