neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्वकप छनोटमा ब्राजिलको लगातार नवौं जित

विश्वकप छनोटमा ब्राजिलको लगातार नवौं जित

Oct 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २२

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले लगातार नवौं जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–१ गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन मार्क्विन्होस,गेब्रियल बारबोसा र एन्टोनीले एक-एक गोल गरे।भेनेजुएलाका एरिक रामारेजले एक गोल गरे।

खेलमा पहिलो अग्रता भेनेजुएलाले लिएको थियो । खेलको ११ औं मिनेटमा एरिक रामारेजले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए।

तर, खेलको ७१ औं मिनेटमा ब्राजिलका मार्क्विन्होसले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

खेलको ८५ औं मिनेटमा गेब्रियल बारबोसाले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए ।

त्यसपछि इन्जुरी समयमा एन्टोनीले गोल गदै ब्राजिललाई ३-१ को जित दिलाए ।

जितसँगै ब्राजिलले ९ खेलबाट २७ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित पेरुको ९ खेलबाट ४ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi