आधारभूमि संवाददाता
काठमाडौ, २१ असोज
बिहीबार थप ८०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १० हजार ६७२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २८२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६७२ जनाको परीक्षण भएको छ । हालसम्म ४२ लाख ६४ हजार ६७ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप ९११ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ९११ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ७३ हजार १४० पुगेको छ ।
थप आठ को मृत्यु
पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २०० पुगेको छ।