neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ३७ खेलसम्म अपराजित इटालीलाई पराजित गर्दै स्पेन फाइनलमा

३७ खेलसम्म अपराजित इटालीलाई पराजित गर्दै स्पेन फाइनलमा

Oct 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज २१

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा स्पेनले १० खेलाडीमा समेटिएको ३७ खेलसम्म अपराजित रहेको इटालीलाई २-१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

स्पेनलाई जित दिलाउन फेरन टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेलेग्रिनीले एक गोल गरे ।

खेलको १७ औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४२ औँ मिनेटमा इटाली १० खेलाडीमा समेटिएको थियो ।इटालीका लियोनार्डो बोनुचीले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा स्पेनले उठायो ।

पहिलो हाफको इन्जुरी समयमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २-० ले अघि बढाए।

खेलको ८३ औं मिनेटमा इटालीका लोरेन्जो पेलेग्रिनीले एक गोल फर्काएका थिए ।

स्पेनले अब फाइनलमा बेल्जियम र फ्रान्सबीचको विजेतासँग भिड्नेछ।इटाली ३७ खेलसम्म अपराजित रहेको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi