neapl investment mega bank
  • गृहपृष्ठ
  • बुधवार थप एक हजार ४३ जनामा कोरोना सङ्क्रमण, ८९१ जना डिस्चार्ज, १२ को मृत्यु

बुधवार थप एक हजार ४३ जनामा कोरोना सङ्क्रमण, ८९१ जना डिस्चार्ज, १२ को मृत्यु

Oct 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज २०

बुधवार थप एक हजार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ४६५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९९ हजार ६१५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ४६५ जनाको परीक्षण भएको छ । हालसम्म ४२ लाख ५६ हजार ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ८९१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८९१ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ७२ हजार २२९ पुगेको छ ।

थप १२ को मृत्यु

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १९२ दुई पुगेको छ।