neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुरको आदर्शमा दसैं तिहार सस्तो बजार सुरु

भक्तपुरको आदर्शमा दसैं तिहार सस्तो बजार सुरु

Oct 5th, 2021

काठमाडौ, असोज १९

भक्तपुरको आदर्शस्थित सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा सूर्यविनायक हरित कृषि थोक तथा दसैं तिहार सस्तो बजार २०७८ सोमबारदेखि सुरु भएको छ । बजार असोज १८ गतेदेखि २५ गतेसम्म हुनेछ । यस अवसरमा दैीनक साँंझ चार बजेदेखि सात बजेसम्म सांगेतिक कार्यक्रम पनि हुने जनाइएको छ ।

सूर्यविनायक हरित कृषि थोक बजार प्रालिका संस्थापक अध्यक्ष दसैं तिहारमा आवश्यक सवै सामान एउटै छानामुनि सजिलैसँंग पाउन सकिने बताए । साथसाथै दैनिक साँंझ साँंस्कृतिक कार्यक्रम हुने उनले जनाए ।दसैका लागि आवश्यक सवै सामान एउटै छानामुनि पाइयोस् भनेर वजार सञ्चालन गरेको उनले जनाए । अरुबेला तरकारी मात्रै पाइने यो बजारमा यस अवसरमा तरकारीका साथै नुनदेखि सुनसम्मका सवै सामानहरु सस्तो मूल्यमा पाइने जनाइएको छ ।

तरकारी बजारका व्यवस्थापक दिनेश खाताखोले मेलामा तरकारीका साथै लताकपडालगायतका सम्पूर्ण सामानहरु पाइने जनाए । साथसाथै बाल मेला पनि हुने उनले जनाए ।बजारमा प्रवेश भने निःशुल्क रहेको जनाइएको छ । केही महिना अगाडिदेखि त्यहाँं नेपालकै ठूलो तरकारी बजार सञ्चालित छ । अरनिको राजमार्गसँंग जोडिएको यो तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सस्तो बजार २०७८ को उदघाटन साँंझ बजार रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले गरेका थिए । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापति, महानगरीय प्रहरी बृत जगाती भक्तपुर इन्सपेक्टर राजेश थापालगायतले उदघाटन मन्तव्य राखेका थिए । कार्यक्रमपछि साँंस्कृतिक साँंझ भएको थियो । त्यस क्रममा रक व्याण्डका कलाकारहरुले प्रस्तुति दिएका थिए ।