neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बराबरीमा रोकियो लिभरपुल र सिटी

Oct 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज १८

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुल र सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा लिभरपुलको लागि साडियो माने र मोहम्मद सलाहले एक-एक गोल गरे भने सिटीको लागि फिल फोडेन र केविन डे ब्रुइनले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो । खेलको ५९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

तर, खेलको ६९ औं मिनेटमा सिटीका फिल फोडेनले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

खेलको ७६ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ८१ औं मिनेटमा सिटीका केविन डे ब्रुइनले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलको सात खेलबाट १५ अंक छ र तालिकाको दोस्रो स्थानमा छ। सिटीको सात खेलबाट १४ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi