neapl investment mega bank
  • गृहपृष्ठ
  • अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्षमा पञ्चा सिंह, बाँकी नेतृत्वको टुंगो आजै लाग्ने

अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्षमा पञ्चा सिंह, बाँकी नेतृत्वको टुंगो आजै लाग्ने

Oct 3rd, 2021


आधारभूमि संवाददाता
काठमाडौ,असोज १७

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई बनाइने निर्णय गरिएको छ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह पहिलो महिला महिला अध्यक्ष पनि भएकी छन् ।

गत बिहीबारदेखि राजधानीमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै सिंह नयाँ अध्यक्ष भएकी हुन्। यद्यपि यसको औपचारिक घोषणा राष्ट्रिय सम्मेलनस्थलबाट गरिनेछ

सिहंलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारीका नेताहरुलाई खुमलटार बोलाएर नयाँ अध्यक्ष बनाउने निर्णय गरेको वताइएको छ ।

सिंहको नाम नयाँ अध्यक्षका लागि खुमलटारबाट बन्दसत्र चलिरहेको प्रज्ञा भवन पठाइएको छ। उनी अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्मानिकट हुन् ।

क्रान्तिकारीको सम्मेलन नयाँ नेतृत्वको टुंगो पनि आजै सकिने छ । सिंह लगायत पदाधिकारीको नाम मध्यान्ह १२ बजे हुने बन्द सत्रमा पेस हुँदैछ।