neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Oct 3rd, 2021

आधारभूमि संवाददात

काठमाडौँ, १७ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा समेटिएयो साउथेम्प्टनलाई ३-१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन ट्रेभो चलोबा, टिमो वर्नर र बेन चिलवेलले एक-एक गोल गरे ।साउथेम्प्टनका जेम्स प्रोएस्वले एक गोल गरे ।

खेलको नवौं मिनेटमा ट्रेभो चलोबाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६१ औं मिनेटमा साउथेम्प्टनका जेम्स प्रोएस्वले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

खेलको ७७ औं मिनेटमा साउथेम्प्टन १० खेलाडीमा समेटिएयो थियो।साउथेम्प्टनका जेम्स प्रोएस्वलेनै रातो कार्ड पाउदै मैदानबाट बाहिरीएका थिए ।जसको फाइदा चेल्सीले उठायो ।

खेलको ८४ औं मिनेटमा टिमो वर्नरले गोल गर्दै चेल्सीलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको ८९ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई ३-१ को जित दिलाए ।

जितसँगै चेल्सीले सात खेलबाट १६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।पराजित साउथेम्प्टनको सात खेलबाट चार अंक छ र तालिकाको १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi