neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

गार्सियाको गोलमा बिल्बाओको जित

Oct 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १६ असोज

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले जित निकालेको छ ।शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा बिल्बाओले अलाभेसलाई १-० गोलले पराजित गरेको हो ।

एथ्लेटिक बिल्बाओलाई जित दिलाउन राउल गार्सियाले विजयी गोल गरे ।गार्सियाले खेलको ४४ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसंगै बिल्बाओले आठ खेलबाट १३ अंक जोडेको छ र तालिकाको छैटौं स्थानमा छ। पराजित अलाभेसको सात खेलबाट तीन अंक छ र तालिकाको १९ औं स्थानमा रहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi