neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट उच्चस्तरीय व्यवस्थापन तालिम समापन

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट उच्चस्तरीय व्यवस्थापन तालिम समापन

Oct 1st, 2021

काठमाडौं, असोज १५
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको आयोजनामा संचालित सि.सं.४ उच्चस्तरीय व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हल्चोक स्वयम्भुमा असोज १५ गते आयोजित एक समारोहका बीच उक्त तालिम समापन गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिम सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा महत्वपूर्ण सहयोग पु¥याएकोमा त्रिभुवन विश्वबिद्यालय तथा विभिन्न विषयका विज्ञ प्रशिक्षकहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै तालिमका प्रशिक्षक वर्गलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो ।

उहाँले यस्ता उच्चस्तरीय तालिमले सांगठनिक नीति तथा योजना निर्माण गर्नसक्ने सक्षम कमाण्डर उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुकासाथै अधिकृतहरुको व्यवसायिक क्षमता अभिबृद्धि गरी सांगठनिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र र संगठनले लिएको लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि नेतृत्व तहमा रहेका वरिष्ठ अधिकृतहरुका लागि आवश्यक कुशल व्यवस्थापकीय क्षमता, योजना तर्जुमा तथा नेतृत्व क्षमता बिकासकासाथै मातहतका कर्मचारीहरुलाई कुशल ढंगले परिचालनका लागि संगठनले निरन्तर रुपमा महत्वकासाथ यस्ता विभिन्न व्यवसायिक तालिमहरु संचालन गर्दै आईरहेको बताउनुभयो ।

उहाँले भोलिका दिनमा आईपर्न सक्ने विविध चुनौतीहरुलाई परास्त गर्दै सांगठनिक कामकारवाही चुस्त, दुरुस्त तथा व्यवसायिक ढंगले प्रभावकारी रुपमा सम्पादन गर्नका लागि यस्ता उच्चस्तरीय तालिमबाट प्राप्त ज्ञान, कला र कौशलले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । एक महिना कार्य अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा २ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको सहभागिता रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी., रामशरण पौडेल लगायत त्रिभुवन विश्वबिद्यालयका सह–प्राध्यापक डा. नरेन्द्रराज पौडेल र सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi