neapl investment mega bank
  • गृहपृष्ठ
  • आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्र्रमुख कार्यकारी अधिकृत पदमा शर्मा नियुक्त

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्र्रमुख कार्यकारी अधिकृत पदमा शर्मा नियुक्त

Oct 1st, 2021

काठमाडौ, असोज १५

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतको पदमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएकाछन । संस्थाको संचालक समितिको यही असोज १४ गते शुक्रबार बसेको बैठकले सोही मितिदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा शर्मालाई नियुक्ति गरेको हो ।

संस्थाको केन्दि«य कार्यालय बनेपामा भएको कार्यक्रममा संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गरेकाछन भने बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यअनुुभव रहेको छ । निर्धन उत्थान बैंकबाट शाखा प्रमुखकोरुपमा कार्य शुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराईज बैंक, एन आई सि एसिया बैंक लिमिटेडमा विभिन्न विभागका साथै एन.आई.सि एसिया बैंकको सहायक कम्पनी एन आई एशिया लघुवित्तमा स्थापनाकाल देखी प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रही कार्य गरि छोटो समयमा संस्थालाई उचाईमा पु¥याएको अनुभव छ । शर्माले आक्रामक व्यवसाय विस्तार र गुणस्तर व्यवस्थापनमा बिशेष दख्खल रहेको छ । पदभार ग्रहण कार्यत्रmममा बोल्दै संस्थाका अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयां उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे तथा निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्घी विकासमा सदैव आफुले सहयोग गर्न तयार रहने कुरा व्यक्त गरे ।

हाल संस्थाले ७ प्रदेश ५२ जिल्ला एक सय ३७ वटा शाखा कार्यालय मार्फत ८७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८ हजार क्रृणी मार्फत चार अर्व ७८ करोड कर्जा लगानि र एक अर्व ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।