neapl investment mega bank
  • गृहपृष्ठ
  • एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै डा. बद्री केसी

एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै डा. बद्री केसी

Oct 1st, 2021

काठमाडौ, असोज १५

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । अक्टोवरमा हुने संघको १० औं महाधिवेशन तथा विश्वसम्मेलनले नया नेतृत्व चयन गर्दैछ ।

यसअघि विभिन्न मिडियामार्फत अध्यक्षमा उम्मेदवारी दिने बताएपनि डा. केसीले आफ्नो टिमसहित उम्मेदवारी घोषणा गर्न लागेका हुन् । समृद्धि र रुपान्तरण, हाम्रो साझा’ अभियान भन्ने नारासहित सशक्त टिम निर्माण गरेका डा. केसीले आगामी मंगलबार (अक्टुबर ५) मा काठमाण्डौंमा एक पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गर्न लागेका हुन । पत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्ने डा. केसीले जनाए ।

केसीले आफ्नो टिममा उपाध्यक्षका रुपमा डा. हेम राज शर्मा (युके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया) यसमिन बेगम सैयद (साउदी अबर) लाई अघि सारेका छन् ।

युवा उपाध्यक्षमा रोसन थापा (अफ्रिका) र महासचिवमा गौरी राज जोशी (अमेरिका), यस्तै सचिवमा रामशरण सिमखडा (युके), ओम गुरूङ (जापान) चिरन्जीबी घिमिरे (क्यानाडा) महिला सचिव टिका गुरूङ (हङकङ), कोषाध्यक्षमा लोक प्रसाद दाहाल, (बेल्जियम), महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरीका) केसीको पक्षमा उभिएका छन् । त्यस्तै, महिला संयोजक संगिता मरहट्टा र युवा संयोजक मिलन छन्त्याल केसीको टिमबाट उम्मेदवार बनेका छन् ।