neapl investment mega bank

कुमारी बैंक र सारथी होटेलबिच सहकार्य

Sep 30th, 2021

काठमाडौ, असोज १४

कुमारी बैंक लिमिटेड र काभ्रेको धुलिखेलस्थित एक प्रसिद्ध होटेल, सारथि होटेल प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले सोही होटेल अन्तर्गतका विभिन्न खानपिन लगायतमा १० प्रतिसत देखि १५ प्रतिसत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र दैनिक जीवनको कार्य व्यस्तताबाट राहतको लागि सो होटेलको बसाई सेवाग्राहीका लागि लाभदायक हुनेमा विश्वस्त रही कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत सारथि होटेलको विभिन्न सेवाहरुमा बैंकको डेबिट/क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो । सो सम्झौता पत्रमा कुमारी बैंक लि. बनेपा शाखाकी शाखा प्रबन्धक श्रीमती नवीना बैद्यले तथा सारथि होटेलका तर्फबाट प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष श्री प्रल्हाद प्याकुरेलले हस्ताक्षर गर्नुभयो ।

कुमारी बैंकले आफ्ना देशव्यापी एक सय ९६ शाखा सञ्जाल, एक सय ६५ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।