neapl investment mega bank
  • गृहपृष्ठ
  • कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

Sep 30th, 2021

काठमाडौ, असोज १४

कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धि हुने बिश्वासका साथ यो योजना ल्याइएको हो । साथै डिम्याट खाता सम्बन्धी समस्याहरुबाट गुज्र्रिएका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ ।

साथै, क्यापिटलले उत्सबलाई महाउत्सव बनाउनका लागि ग्राहकवर्गहरुमा विभिन्न योजनाहरु लागु समेत गरेको छ । यस अन्र्तगत नेपाल सरकारको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत निशुल्क हितग्राही खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि अनलाईन मार्फत क्यापिटलको वेभसाईटमा गई निबेदन दिन सकिनेछ तथा कुमारी बैंक लिमिटेड का सम्पुर्ण शाखा कार्यालयहरु र कुमारी क्यापिटल लिमिटेड बाट खाता खोल्न सकिने छ । निशुल्क लगानी परामर्श दिने, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा बार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, आफु सँग भएको भौतिक शेयरहरु लाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने र खाता सम्बन्धी समस्याहरु परेमा ग्राहकहरुले हाम्रो हट लाईन (०१ ५९७००८२) मा फोन गरि समस्याको यथासिघ्र निराकरण गरिने कम्पनीले जानकारी दिएको छ ।

कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफुसँग भएको सानो सानो पूँजीलाई लगानी गरी पूँजी निर्माण गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनको लागि क्यापिटलले सबैमा अपिल समेत गरेको छ । आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउन समेत क्यापिटलले अनुरोध गरेको छ । क्यापिटलका अनुसार यो योजना सिमित अवधिको लागि मात्र रहेको छ ।