neapl investment mega bank
  • गृहपृष्ठ
  • दशै र तिहार व्यापार मेला २०२१ प्रदर्शनीको प्रारम्भ

दशै र तिहार व्यापार मेला २०२१ प्रदर्शनीको प्रारम्भ

Sep 30th, 2021

काठमाडौ, असोज १४

यही असोज १३ गते बुधवार कमलपोखरी स्थित सिटी सेन्टरमा नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनको लागि व्यापार मेला शुरु भएको छ । उतm अवसरमा नेपाल महिला चेम्बरको तत्वावधानमा आयोजित दशै, तिहार उपभोतmा व्यापार मेलाको समुद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशमा उत्पादन बृद्धि गरी रोजगारीको अवसरको सृजना गरी आत्मनिर्भर बन्न महिला उद्यमीहरुले कर्म क्षेत्रमा लाग्नु पर्ने कुरामा जोड दिए ।

कोभिड १९को सक्रमणवाट डराएर बस्ने हैन महामारी संगै लड्दै व्यापार व्यवसायको प्रवद्र्धन गर्दै स्थानिय उत्पादनलाई बढावा दिदै जानुपर्ने उनले व्यक्त गरे । सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुको अग्रसरतामा भएको यस प्रकारको व्यापार मेलाले महिला सशतिmकरणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै कोभिड १९ ले थला परेको अर्थतन्त्रलाई अगाडि बढाउनुका साथै साना उद्यमी व्यवसायलाई उत्थान गर्नमा यस व्यापार मेलाले सहयोग पुग्ने विचार व्यतm गरिन । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल र महिला चेम्बरकी महा सचिव श्रीमति लिमा अधिकारीको पनि उपस्थिति थियो ।