neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंक दोस्रो पटक एडिबीको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित

नबिल बैंक दोस्रो पटक एडिबीको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित

Sep 30th, 2021

काठमाडौ, असोज १४

नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक (एडिबी) को ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंककोअवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दे यापारलाई हौशला दिने उदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिलगर्न देशहरूलाई सशक्त पार्दछ ।

एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दे आएको नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिलले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दे आएको छ ।