neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • च्याम्पियन्स लिग फुटबलमा बायर्नको फराकिलो जित

च्याम्पियन्स लिग फुटबलमा बायर्नको फराकिलो जित

Sep 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १४ असोज

यूईएफए च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । बुधवार राति भएको समूह ‘ई ’ को खेलमा बायर्नले डायनेमो कीभलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले दुई गोल गरे।त्यस्तै सर्ज गनब्र्य,लेरो साने र एरिक म्याक्सिमले एक-एक गोल गरे।

खेलको १२ औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २७ औं मिनेटमा लेवान्डोव्स्कीले व्यक्तिगत दोस्रो गोल गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६८ औं मिनेटमा सर्ज गनब्र्यले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ७४ औं मिनेटमा लेरो सानेले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

त्यसपछि खेलको ८७ औं मिनेटमा एरिक म्याक्सिमले गोल गर्दै टोलीलाई ५-० को फराकिलो जित दिलाए ।

जितसँगै समूह ‘ई’ मा रहेको बायर्नले दुई खेलबाट छ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ ।पराजित डायनेमो कीभको दुई खेलबाट एक अंक छ र समूहको तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi