neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्रीको भागबण्डा मिलाउदै दलहरु, कसको भागमा कति मन्त्रालय ?

मन्त्रीको भागबण्डा मिलाउदै दलहरु, कसको भागमा कति मन्त्रालय ?

Sep 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, असोज १३


सरकार बनेको ७५ दिन बितिसक्यो तर, मन्त्रिपरिषद्ले पूर्णता पाउन भने सकेको छैन । यस अवधिमा प्रधानमन्त्री शेर बहादुर देउवाले ६ जना मन्त्री बनाउन सफल हुनुभएको छ । उहाँले १८ मन्त्रालयको अभिभारा आफैँले सम्हाल्नुभएको छ । सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको हो ।

प्रधानमन्त्री देउवाले बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न खोजेको चर्चा थियो तर जसपा अध्यक्ष उपेन्द्र यादव को अनुपस्थिति भएका कारण मन्त्रीको भागबण्डा नमिलेका कारण मन्त्रीपरिषद् हुन सकेको थिएन । अव विहीबार सम्म विस्तार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजोसम्म संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति भएको छ । भोलि बस्ने बैठकले मन्त्रालयगत भागबण्डा टुङ्ग्याउने वताइएको छ । । मंगलबारसम्म पनि सत्तारुढ गठबन्धनको बैठक सकेको थिएन तर आज बुधबार गठबन्धनको बैठक बस्ने वताइएको छ ।

यता नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्‍दैछ । बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ । माओवादीले पाँच मन्त्रालय पाउनेछ ।

जसमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, मातृका यादव, अमनलाल मोदी, शिवकुमार मण्डल, शशी श्रेष्ठ र जयपुरी घर्ती मध्यबाट मन्त्री बनाउने तयारी गरिएको स्रोतले वतायो ।माओवादीबाट यसअघि जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल उर्जा मन्त्री भैसकेका छन् ।

यसैगरी काँग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह पनि मन्त्री बन्नेको नाम छनोट गर्न लागिपरेको छ । । पौडेल समूहभित्र मन्त्रीका लागि सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम प्रस्ताव गरिएको छ ।

त्यस्तै एकीकृत समाजवादीमा पनि मन्त्रीको टुंगो लागिसकेको वताइएको छ । सो पार्टीले ६ जना मन्त्री पाउने छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने निश्चित छ ।

यता जसपाले पनि मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई जिम्मा दिएको छ । स्रोतका अनुसार राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री छन् ।