neapl investment mega bank
  • गृहपृष्ठ
  • परराष्ट्रमन्त्री खड्काको शपथ ग्रहणमा उठाइयो प्रश्न, बदरको माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री खड्काको शपथ ग्रहणमा उठाइयो प्रश्न, बदरको माग गर्दै सर्वोच्चमा रिट

Sep 28th, 2021


आधारभूमि संवाददाता
असोज १२, काठमाडौ

परराष्ट्रमन्त्री नारायण खड्काको शपथलाई लिएर कानुन व्यवासायीले प्रश्न उठाएका छन् । उहाँको शपथ कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै सर्वोच्चमा रिट परेको छ ।

खड्काको सपथ बदरको माग गर्दै मंगलबार अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । न्यौपानेले संविधानबमोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न–नगराउन अन्तरिम आदेश जारीको माग गर्नुभएको छ। ।

नेपालको संविधानको धारा ८० बमोजिम संघीय कानुन नबनाई कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न नगराउन भनी सर्वोच्चबाट अन्तरिक आदेश जारी हुनुपर्ने रिट निवेदनमा उल्लेख छ ।

रिटमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश निष्क्रिय भएको अवस्थामा अभावमा शपथ ग्रहण गर्नु कानुनी राज्यको प्रतिकूल हुने उल्लेख छ ।

उक्त रिटको पेशी बुधबारका लागि तोकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा असोज ६ गते गोपनीयताको शपथ लिनुभएको थियो।