आधारभूमि संवाददाता
काठमाडौँ, १२ असोज
सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अहिले दलहरु कुन ले कति मन्त्रालय पाउने भनेर भागबण्डामा लागेका छन् । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि बाटो खुलेको हो । दलहरूलाई मन्त्रालय भागबन्डाको गर्ने बाटो खुलेको हो ।
२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल एक राज्यमन्त्रीसहित ६ जना मन्त्री छन् । तर सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना हुँदै आइरहेको छ ।
अव भने देउवाले जस पाउने दिन आएका छन् । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । ‘ जसमध्ये गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को भागमाय र जनता समाजवादी पार्टी (जसपा) को भागमा ६/६ मन्त्रालय परेका छन् ।
नेकपा एसका तर्फबाट मन्त्री बन्नेहरूको सूची सोमबार नै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् ।
मन्त्रालयको भागबन्डा मन्त्रालयको भागबन्डा केही दिनअघि नै टुंगिएको एक नेताले वताए । उनका अनुसार बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । ‘गठबन्धन आबद्ध दलबीचमा कांग्रेसले कुल ७, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६/६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको उनले वताए ।
मन्त्रालयको भागबन्डामा सहमति जुटेसँगै गठबन्धन आबद्ध दलले धमाधम प्रधानमन्त्रीलाई मन्त्रीको सूची बुझाउन थालेका छन् ।