neapl investment mega bank
  • गृहपृष्ठ
  • यस्ता छन् सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

यस्ता छन् सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

Sep 27th, 2021


आधारभूमि संवाददाता


असोज ११ काठमाडौ

सरकारले समाजकल्याण परिषदका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको जनाइएको छ । समाजकल्याण परिषदका केही दिन अघि राजीनामा दिएका थिए ।

समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्यसचिव पुष्कर खाती तथा सदस्यहरु मणिराम बञ्जाडे,गोविन्द बहादुर शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र शुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने भएको हो ।

यसैगरी सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार सोमवार बसेको बैठकले निम्न निर्णय गरेको छ ।

गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गर्ने

(सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय संघीय संसदसमक्ष पेश गर्न स्वीकृती दिने ।

रासायनिक मल नियन्त्रण, दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने ।

तेजाव लगायतका घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृत दिने ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न सरकारी जग्गा लिजमा उपलव्ध गराउने ।
विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने ।

गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गर्ने