आधारभूमि संवाददाता
काठमाडौ ११ असोज
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण आज बसेको संसद बैठक प्रभावित भएको छ । एमालेका सांसदले बैठक शुरु भएदेखि नै विरोध गरेप िबैठक ६ मिनेटमै सकिएको थियो ।
दिउँसो सवा २ बजे नयाँ बानेश्वरमा बसेको बैठकको सुरूमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए। बैठक एमाले सांसदको नाराबाजी भैरहेका बेला तीन वटा कार्यसूचीमा प्रवेश गरेको थियो ।
तर विरोध समम्य नभएपछि सभामुख सापकोटाले असोज १४ गते बिहीबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेको घोषण गर्नुभएको थियो । एमाले सांसदको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोराबारे सांसदलाई अवगत गराउनुभएको थियो ।