neapl investment mega bank
  • गृहपृष्ठ
  • आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ राष्ट्रिय सभाबाट पारित

आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ राष्ट्रिय सभाबाट पारित

Sep 27th, 2021

आधारमूमि संवाददाता

११ असोज, काठमाडौं

राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । प्रमुख विपक्षी नेकपा (एमाले)को विरोधकाबीच नै ति विद्येयक पास गरि प्रतिनिधि सभामा पठाएको छ ।

सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । विरोधकाबीच सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाएका थिए ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ। सो विद्येयक आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ । त्यसपछि प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणिकरण भएपछि कार्यान्वयनमा जान्छ ।