आधारभूमि संवाददात
काठमाडौ, असोज ११
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहमलाई पराजित गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई आर्सनलले ३-१ गोलले पराजित गरेको हो ।
आर्सनललाई जित दिलाउन एमिल स्मिथ रोवे, पियरे-एमरिक औबामेयाङ र बुकायो साकाले एक एक गोल गरे ।टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काए ।
खेलको १२औं मिनेटमा एमिल स्मिथ रोवेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २७ औं मिनेटमा पियरे(एमरिक औबामेयाङले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।
खेलको ३४ औं मिनेटमा बुकायो साकालेले गोल गर्दै आर्सनललाई पहिलो हाफमा ३-० ले अघि बढाए ।
दोस्रो हाफको ७९ औं मिनेटमा टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काएका थिए ।
जितसंगै आर्सनलले छ खेलबाट नौ अंक जोडेको छ र तालिकाको दशौं स्थानमा छ। पराजित टोटेनहमको पनि छ खेलबाट नौ अंक छ र तालिकाको ११औं स्थानमा रहेको छ।