neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित

Sep 27th, 2021

आधारभूमि संवाददात

काठमाडौ, असोज ११

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे,लुक डी जोङ र अन्शु फाटीले एक एक गोल गरे।

खेलको सातौं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १४ औं मिनेटमा लुक डी जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अन्शु फाटीले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोनाले छ खेलबाट १२ अंक जोडेको छ र तालिकाको छैठौं स्थानमा उक्लिएको छ। पराजित लेभान्टेको सात खेलबाट चार अंक छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi