neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नापोली इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा

नापोली इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा

Sep 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ८ असोज

नापोलीले इटालियन सिरी ए फुटबलमा लगातार पाँचौं जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । बिहिबार राति भएको खेलमा नापोलीले साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेनले दुई गोल गरे ।त्यस्तै फेबियन रुइज र पिओत्र जिएलिन्स्कि एक-एक गोल ।

खेलको दशौं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३९ औं मिनेटमा बियन रुइजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५० औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ५९ औं मिनेटमा पिओत्र जिएलिन्स्किले गोल गर्दै टोलीलाई ४-० को शानदार जित दिलाए ।

जितसंगै नापोलीले पाँच खेलबाट १५ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित साम्पडोरियाको पाँच खेलबाट पाँच अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi