neapl investment mega bank
  • गृहपृष्ठ
  • गोलरहित बराबरीमा रोकियो बार्सिलोना र काडिज

गोलरहित बराबरीमा रोकियो बार्सिलोना र काडिज

Sep 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ८ असोज

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र कार्डिज बराबरीमा रोकिएका छन् । बिहिबार राति भएको खेलमा बार्सिलोना र काडिजले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।खेलको ६५ औं मिनेटमा बार्सिलोनाका फ्रेन्की डी जोङ रातो खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।।जसको फाइदा काडिजले उठाउन सकेन ।

बराबरीसँगै बार्सिलोनाले पाँच खेलबाट नौ अंक जोडेको छ र सातौं स्थानमा छ।कार्डिजको छ खेलबाट छ अंक छ र १४ औं स्थानमा छ ।