neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्र बैंकले भन्यो, एक महिनामा एक खर्ब २९ अर्ब रुपैयाँको व्यापार घाटा

राष्ट्र बैंकले भन्यो, एक महिनामा एक खर्ब २९ अर्ब रुपैयाँको व्यापार घाटा

Sep 23rd, 2021

काठमाडौ, असोज ७
नेपाल राष्ट्र बैंकले आज बिहिबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक अवस्था सम्वन्धी पहिलो महिनाको प्रतिवेदन अनुसार व्यापार घाटा बढेको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा ७० दसमलव छ प्रतिशतले बढेर एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२ दसमलव दुुई प्रतिशतले घटेको थियो ।

प्रतिवेदन अनुसार चालुु आर्थिक वर्ष २०७८–०७९ को पहिलो महिनामा कुल वस्तु निर्यात एक सय १५ दसमलव नौा प्रतिशत ले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दसमलव नौ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्पm क्रमशः एक सय ६७ प्रतिशत, ४७ दसमलव आठ प्रतिशत र १७ दसमलव पााँच प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेपनि अलंैची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।


चालुु आवको पहिलो महिनामा कुल वस्तु आयात ७५ दसमलव सात प्रतिशतले बढेर एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दसमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८ दसमलव सात प्रतिशत, ८७ दसमलव छ प्रतिशत र एक सय २० दसमलव आठ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको भएपनि रसायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनामा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात वृद्धि भएको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३ दसमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दसमलव दुई प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नौ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको प्रतिवेदनमा उल्लेख छ ।