आधारभूमि संवाददाता
काठमाडौँ, ६ असोज
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज ३ बजे आफ्नो निजी निवासमा पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ । बैठकले परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न लागेको बुझिएको छ ।
त्यस्त ैप्रधानमन्त्री आजै परराष्ट्र मन्त्री चयन गरेर सकेसम्म सपथ गराउने पक्षमा रहेको वताइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री बनाउनेबारे पार्टीमा गहन छलफल गरेपछि मात्रै निर्णय हुनुपर्ने पक्षमा रहेका छन् ।
सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले भने परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको स्रोतले वताएको छ । जसमा सुजाता कोइराला आकांक्षी रहेको वताएको छ । पौडेल पक्षले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन गर्न पनि महत्वपूर्ण मन्त्रालयमा मन्त्री चयन गर्दा व्यापक छलफल हुनुपर्नेमा जोठ दिएको छ ।
आजको बैठकले आसन्न महाधिवेशनको तयारी बारे पनि छलफल गर्ने छ ।