neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलमा इन्टर शीर्ष स्थानमा

इटालियन सिरी ए फुटबलमा इन्टर शीर्ष स्थानमा

Sep 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ असोज
इटालियन सिरी (ए) फुटबलमा इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमान इन्टर मिलाले १० खेलाडीमा समेटिएको फियोरेन्टीनालाई ३-१ गोलले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउन माटियो डार्मियन,एडिन डजेको र इवान पेरिसिकले एक-एक गोल गरे ।फियोरेन्टीनाका रिकार्डो सोट्टिलले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता फियोरेन्टीनाले लिएको थियो । खेलको २३ औँ मिनेटमा फियोरेन्टीनाका रिकार्डो सोट्टिलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा इन्टर मिलानका माटियो डार्मियनले गोल गर्दै खेल बराबरीमा ल्याए।लगत्तै ५५ औं मिनेटमा एडिन डजेकोले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

खेलको ७८ औं मिनेटमा फियोरेन्टिना १० खेलाडीमा समेटिएको थियोे।फियोरेन्टिनाका निकोलस गोन्जालेजले रातो कार्ड पाउदै मैदान छाड्नु परेको थियोे ।जसको फाइदा इन्टर मिलाले उठायो ।

त्यसपछि खेलको ८७ औँ मिनेटमा मिलानका इवान पेरिसिकले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै मिलानले पाँच खेलबाट १३ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित फियोरेन्टीनाको पाँच खेलबाट नौ अंक छ र छैठौं स्थानमा छ ।


aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi