काठमाडौ, असोज ५
सिद्घार्थ बैंक लिमिटेडलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिंगापुरले एक करोड २० लाख अमेरिकी डलरकोऋण सुविधा स्वीकृत गरेको छ । स्वीकृत ऋण सुविधा मध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ ।
उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरि आएको अन्तराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।