आधारभूमि संवाददाता
काठमाडौ, असोज ५
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिबेशन यही असोज नौ गते हुुन गईरहेको छ । उक्त महाधिबेशनमा नेपाली काँग्रेसको सुर्यबिनायक नगर कार्यसमितीको सभापतिको उम्मेदवारकोरुपमा रबि राणा मैदानमा उत्रिएकाछन । उनको प्रतिस्पर्धामा निशान ढुंगेल मैदानमा उत्रिएकाछन ।
महाधिबेशनमा नगर कार्यमितीको सभापतिकोरुपमा मैदानमा उत्रिएका मध्ये राणा रामचन्द्र पौडेलका पक्षका उम्मेदवार हुुन भने ढुंगेल शेरबहादुर देउवा पक्षका उम्मेदवार । बिगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका राणा बिगतमा नेतृत्व पक्षबाट भएका गल्ती कमजोरीहरुलाई स्वीकार गरी त्यसबाट पाठ सिक्दै सिंगो पार्टीलाई देश जनतामा समर्पित गराएर लानको लागि आफुले नगर कार्यसमितीको सभापतिकोरुपमा उम्मेदवारी दिएको बताउँछन । पार्टीलाई पद्धती अनुसार चलाउन र पार्टी भित्र रहेका गल्ती कमजोरी हटाउनको लागि मैले उम्मेदवारी दिएको हु उनी भन्छन ।
बिगतमा हाम्रो नगरभित्र पनि जुन, जुुन साथीहरुले पार्टीको नेतृत्व गर्नुभयो, त्यहाँ केही समस्या देखिए । उहाँहरुले जुुनरुपमा देश र जनताको लागि काम गर्नुपथ्र्यो, त्योरुपमा गर्न सक्नुु भएन । गल्ती कमजोरीहरु भए, यो सबै कमजोरीहरु हटाएर नेपाली काँग्रेसलाई प्रत्येक नेपाली जनताले हाम्रो पार्टी, राम्रो पार्टीकोरुपमा आत्मसाथ गर्ने र हरेक नेपाली जनताको उन्नती प्रगतीको सहयात्री बन्ने, जनतालाई परेको पिरमर्का लगायतका सबै किसिमका समस्याको समाधान गरी जनताको आर्थिक, सामाजिक, शैक्षिक, सबै किसिमका स्तरहरु माथि उठाउनको लागि मैले सुर्यबिनायक नगर कार्यसमितीको सभापतिको लागि उम्मेदवारी दिएको हुं, राणा भछन, मेरो यो उम्मेदवारीलाई आत्मसाथ गर्दे सबै मतदाता साथीहरुले अध्याधिक बहुमतले मलाई जिताउनुहुन्छ भन्नेमा म आशावादी छुु । मेरो यो आशा यर्थाथतामा परिणत गर्ने दायित्व सबै साथीहरुको हो, म नगरसभापति भएको खण्डमा अब आउने तीन वटै चुनावमा जित हाँसिल गर्न सहज, हुन्छ, यसको लागि पनि नगर सभापतिकोरुपमा मेरो जित हुुनुपर्छ, राणा भन्छन । राष्ट्रियता, लोकतन्त्र र समाजवाद मुल मुद्धालाई आत्मसाथ गरेर आफुले उम्मेदवारी दिएको र आफ्नो सभापतित्वमा दिनेश न्यौपाने उपसभापति, महेश केसी उपसभापति, उपेन्द्र तिमलसिना सचिव, लक्ष्मण थापा सचिव, रुपक न्यौपाने सहसचिव र राम गोतामे सहसचिव सहितको आफ्नो समुह अधिबेशनमा उत्रिएको राणाले बताए ।
पद ओगटेर बस्ने र पार्र्टीको कामलाई बेवास्ता गर्ने प्रवृतिको अन्त्य गर्न, राजनीतिमा पुस्तान्तरण र युवा जागरणका लागि, पार्टी बैठकहरुलाई नियमित, प्रभावकारी र सहभागितामुुलक बनाउन, स्थानीय तहहरुबाट भएका बिकास कार्यहरुको सुक्ष्म अध्ययन र बजेटको सही ढंगबाट उपयोगको लागि पार्टीको तर्फबाट दवाबमुुलक भुमिका निर्वाह गर्न, पार्टीको भातृ तथा शुभेच्छुक संगठनहरुलाई व्रिmयाशिल र जागरुक बनाउन, प्रवृधिमैत्री पार्टी बनाई नगर राजनीतिलाई गतिशिल बनाई राख्न, आउँदो स्थानीय तह, प्रद्रेश एवं संघीय चुनावमा नेपाली काँग्रेसको जीत सुनिश्चित गराउन, नगरमा पार्टीको उच्च शान र स्थानको लागि नेतृव्व गतिशिल, स्वप्रेरित बिशाल मनको हुुनु आवस्यक छ तसर्थ नेपाली काँग्रेस सुर्यबिनाक नगर कार्यसमितिको सभापतिको लागि उम्मेदवारी दिएको हुं, राणाले भने ।