neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • खेलको अन्तिम मिनेटमा गोल गरेपछि हारबाट जोगियो बार्सिलोना

खेलको अन्तिम मिनेटमा गोल गरेपछि हारबाट जोगियो बार्सिलोना

Sep 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ५ असोज

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गरेपछि हारबाट जोगिएको हो ।सोमबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा ग्रानाडाले बार्सिलोनासंग अंक बाड्नु परेको हो ।

खेलमा ग्रानाडाका लागि डोमिङोस दुअर्तेले एक गोल गरे। बार्सिलोनाको लागि रोनाल्ड अरौजोले एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा ग्रानाडाका डोमिङोस दुअर्तेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ९० औं मिनेटमा बार्सिलोनाको रोनाल्ड अरौजोलेएन्टले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै बार्सिलोनाले चार खेलबाट आठ अंक जोडेको छ र सातौं स्थानमा छ।ग्रानाडाको पाँच खेलबाट तीन अंक छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi