neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

Sep 20th, 2021

काठमाडौ, असोज ४

बैंकिङ कसुरका फरार अभियुुक्त पक्राउ परेकाछन । महानगरीय प्रहरी अपराध महाशाखा बैंकिङ कसुरका फरार अभियुक्त ६७ बर्षिय कृष्ण बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय पर्सासंग समन्वय गरी यही असोज दुई गते बिरगञ्जको पुर्णिमा चोकबाट पक्राउ गरेको हो ।

रबिन्द्र थापाको जाहेरीले बैंकिङ कसुरको मुद्धामा उच्च अदालत पाटनबाट बिसं २०७७ मंसिर २२ गतेको फैसलाले थापा उपर एक करोड २५ लाख रुपैयाँ जरिवाना र थापा कै जाहेरीले बैंकिङ कसुर सम्वन्धी मुद्धामा उच्च अदालत पाटनको २०७७ मंसिर २२ गते कै फैसलाले ७५ लाख रुपैयाँ जरिवाना र १३ दिन कैद सँजाए तोकेको थियो ।

यसैगरी बादी राजन श्रेष्ठ रहेको चेक अनादर मुद्धामा पनि बिसं २०७३ माघ छ गतेको फैसलाले १७ लाख रुपैयाँ जरिवाना र सो को कानुुन बमजोमिको व्याज समेत दाखिला गर्नुपर्नेमा सो नगरी फरार रहेका थिए । सोही आधारमा काठमाडौ जिल्ला अदालतको २०७५ असोज १९ गतेको फैसलाले काठमाडौकौ बुढानिलकण्ठ घर भई बाराको जितपुर बस्दै आएका थापालाई पक्राउ गरेको जनाएको छ । थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौ जिल्ला अदालतमा पेस गरिएको महाशाखाले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi