neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • २ वटा चोरीको मोटरसाईकल सहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

२ वटा चोरीको मोटरसाईकल सहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

Sep 20th, 2021

काठमाण्डौ, असोज ४

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल र स्कुटर सहित १ जनालाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने वर्ष २४ को तेज बहादुर खड्कालाई मोटरसाईकल चोरीको अभियोगमा पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बिशेष सुराकीको आधारमा निजलाई पक्राउ गरी निजले लुकाई पार्किङ्ग गरी राखेएको बा५६प ४५४४ नंम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो । उक्त स्कुटर यहि असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ्ग गरको अबस्थामा हराएको भनि महाशाखामा जानकारी दिएका थिए ।

थप अनुसन्धान गर्दै जाँदा निजले चोरी गरि बास्तबिक नम्बर परिवर्तन गरि प्रदेश३–०२–०१०प ७४४ नम्वर प्लेट भएको कालो रातोरंगको २२०सी.सी.कोपल्सर मोटरसाईकल समेत फेलापारेको हो । वास्तविक नं. बागमती प्रदेश ०२–०१७प ७८०३ भएको उक्त मोटरसाईकल यहि भाद्र ३० गते काठमाण्डौको काँडाघारी स्थित पार्किङबाट हराएको खुल्न आएको छ । उक्त मोटरसाईकल भोजपुर वडा नं ५ बोखिम घर भई काँडाघारी बस्ने बिशाल तामाङ्गको रहेको पत्ता लागेको छ ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi