काठमाडौ, असोज ४
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
राष्ट्रियस्तरको संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागि विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्यअनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको छ । यस शाखाहरु मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।चुक्ता पुँजी ९६.३१ करोड रहेको संस्थाको हालसम्मको निक्षेप ९ अर्व ३४ करोड तथा कर्जा लगानी ७ अर्व ४६ करोड रहेको छ ।