आधारभूमि संवाददाता
काठमाडौ, ४ असोज
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई ३-० गोलले पराजित गरेको हो ।
टोटेनहमको मैदानमा चेल्सीलाई जित दिलाउन थियागो सिल्भा,एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक-एक गोल गरे ।चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ४९ औँ मिनेटमा थियागो सिल्भा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा एनगोलो कान्टेले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए।
त्यसपछि इन्जुरी समयमा एन्टोनियो रुडिगरले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।
जितसँगै चेल्सीले पाँच खेलबाट १३ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।पराजित टोटेनहमको पाँच खेलबाट नौ अंक छ र तालिकाको सातौं स्थानमा छ ।