neapl investment mega bank
  • गृहपृष्ठ
  • वेस्टर्न युनियनको क्यासउत्सव प्रबद्र्धनमा अब आउने, दशैँ र तिहारको चाडमा ग्राहकहरुलाई नगद रकम जित्न सक्ने मौका

वेस्टर्न युनियनको क्यासउत्सव प्रबद्र्धनमा अब आउने, दशैँ र तिहारको चाडमा ग्राहकहरुलाई नगद रकम जित्न सक्ने मौका

Sep 19th, 2021

काठमाडौ, असोज ३

बडा दशैं र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दे आएको वेस्टर्न युनियनले नेपालमा क्यास उत्सव प्रबद्र्धन योजना ल्याएको छ जसमा ग्राहकहरुले असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक. र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेतालेरु. २०००० जित्नेछन् । यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् । यो योजना असोज १ गतेबाट कार्तिक २५ गतेसम्म लागू गरिनेछ । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ । जसमा १ जना भाग्यशाली विजेताले जित्न सक्नुहुनेछ नगद रु ५ लाख । हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरि भुक्तनी दिइने छ ।

वेस्टर्न युनियलाई विगत २ दशक भन्दा बढि समयदेखि ग्राहकहरुले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौं । नेपाली प्रवासीहरुको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि हामीले दशैंको क्यासउत्सव प्रबद्र्धन ल्याउँन पाउँदा निकै उत्साहित छौं । यो प्रबद्र्धन भनेको चाडपर्वको समयमा खुशी बाड्दैहाम्रो ग्राहकहरुको लगनशिलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो, वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले भन्नुभयो ।