neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको शानदार जित

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको शानदार जित

Sep 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ३ असोज

इटालियन सिरी (ए) फुटबलमा इन्टर मिलानले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले बोलोग्नालाई ६-१ गोलले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन एडिन जिकोले दुई गोल गरे।त्यस्तै लौटारो मार्टिनेज,मिलान स्किनियर,निकोला बरेल्ला र माटियास भेसीनोले एक-एक गोल गरे ।बोलोग्नाका आर्थर थीटाले एक गोल गरे ।

खेलको छैठौं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३० औं मिनेटमा मिलान स्किनियरले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ३४ औं मिनेटमा निकोला बरेल्लाले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ५४ औं मिनेटमा माटियास भेसीनोले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

त्यस्तै एडिन जिकोले ६३ र ६८ औँ मिनेटमा गोल गर्दै टोलीलाई ६-० ले अघि बढाए।

खेलको ८६ औँ मिनेटमा बोलोग्नाका आर्थर थीटाले एक गोल फर्काए र गोलअन्तर घटाउने काम गरे ।

जितसंगै मिलानले चार खेलबाट १० अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित बोलोग्नाको चार खेलबाट ७ अंक छ र आठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi