neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

Sep 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।घरेलु मैदानमा शनिबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन साडियो माने ,मोहम्मद सलाह,र नबी केइटाले एक-एक गोल गरे ।

खेलको ४३ औँ मिनेटमा साडियो मानेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७८ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ८९ औँ मिनेटमा नबी केइटाले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै लिभरपुलले पाँच खेलबाट १३ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।पराजित क्रिस्टल प्यालेसको पाँच खेलबाट पाँच अंक छ र तालिकाको १३ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi